
साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.८० अंकले घटेर दुई हजार ६३१.९८ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी आज कारोबार रकम पनि घटेको छ । आज कूल १ करोड ८४ लाख ९१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका अनुसार आज ५७ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १८८ वटा कम्पनीको मूल्य घटेको छ। त्यसैगरी, आज क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार सानिमा माई हाइड्रो पावरको भएको छ। सो कम्पनीको मात्र ८२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।