बृहतको १८औं ‘रिमा’तालिम पूरा, थप एजेन्ट प्रशिक्षित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 02:29:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बृहत इन्भेष्टमेन्टस प्रा.लि (बिआई) ले आयोजना गरेको १८औं ब्याचको रियलस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्न भएको छ । ‘बिआई’ रियल इस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत ग्रूप’अन्तर्गतको कम्पनी हो ।

१० देखि १२ नोबेम्बर २०२२ सम्म काठमाडौंमा आयोजित १८औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठान समेतका १२ जनाको सहभागिता थियो । यस १८औं रिमा ब्याचमा रियल इस्टेट कै क्षेत्रमा कार्य गर्दै आएका व्यक्तित्वहरु, रियल इस्टेट लगानीकर्ता साथै यस पेशामा लाग्न मन भएका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

समयानुकुल आफ्नो ज्ञान र क्षमता अभिबृद्धि गर्ने उद्वेश्यले उनीहरुले यो तालिममा भाग लिएका थिए । 

तालिममा रियल इस्टेट करिअरबारे आधारभुत जानकारीका साथै घर निर्माण, सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी भ्यालुएशन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निक लगायतका विषयहरु समेटेको थियो । 

तालिमका प्रशिक्षकहरुमा नेपालका अग्रणी रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पुर्णिमा राजभण्डारी, आ.रस्मी तुलाधर, ई.बिनोद महर्जन, सुजन श्रेष्ठ, अमित कुमार पुडासैनी र सजन बार सिं थापा रहेका थिए ।

यो तालिमले सहभागीहरुका लागि रियल इस्टेट क्षेत्रमा करिअर बनाउनका लागि नयाँ आयाम सृजना गर्ने कम्पनीको विश्वास छ । तालिममा सहभागिहरुले रिमा तालिम रियल इस्टेटबारे आधारभूत ज्ञान लिनका साथै यस क्षेत्रमा करियर अघि बढाउनका लागि पनि अत्यन्त सहयोगी र उपलब्धि मुलक भएको र यस क्षेत्रलाई अझ मर्यादित र पारदर्शी रुपमा अघि बढाउने बताए ।

दक्ष रिमा मार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले कम्पनीले १२ वर्ष अघि देखी यस्तो तालिमको आयोजना गर्दै आएको छ । यस तालिमबाट हालसम्म २३० जना रिमा तालिम प्राप्त गरि सकेका छन् । बृहत इन्भेष्टमेन्टस प्रा.लि नेपालमा व्यवसायिक रिमा तालिम संचालन गर्ने पहिलो र हाल सम्मको एक मात्र कम्पनी हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved