काठमाडौँ उपत्यकामा कित्ताकाट खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 04:58:52 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा जग्गाको कित्ताकाट खुलेको छ । उपत्यकाका २१ वटै स्थानीय तहले जग्गाको वर्गीकरण गरेसँगै कित्ताकाट खुलेको हो ।

उपत्यकाका महानगर तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गालाई कृषि र गैरकृषि भूमिमा वर्गीकरण गरेसँगै सबैतिर कित्ताकाट खुलेको हो । 

काठमाडौँका काठमाडौँ महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, शंखरापुर नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले भूमीको वर्गीकरण सकेका हुन् । 

ललितपुरका ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिकाले पनि जग्गा वर्गीकरण टुङ्ग्याएका छन् । 

भक्तपुरका भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमी नगरपालिका र चाँगुनारायण नगरपालिकामा पनि जग्गाको वर्गीकरण सकिएसँगै कित्ताकाट खुलेको छ । 

भूमि व्यवस्था मन्त्रालयले भूउपयोग नियमावली २०७९ अनुसार स्थानीय तहले आफ्नो क्षेत्राधिकार भित्रको जग्गालाई कृषि र गैरकृषिमा वर्गीकरण गरी सिफारिस गरेपछि मात्रै गर्न कित्ताकाट गर्न स्थानीय तहलाई मालपोत र नापी कार्यालयलाई परिपत्र गरेको थियो । अब स्थानीय तहहरुले गैरकृषि वर्गमा वर्गीकरण गरेको जग्गामात्र कित्ताकाट गर्न पाइनेछ । 

अझै पनि धेरै स्थानीय तहले जग्गा वर्गीकरण गर्न सकेका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved