घरजग्गा कारोबार बढ्न थाल्यो, कहाँ कहाँ हुँदैछ बढी किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 11:13:54 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७९ सालको अन्तिम महिना चैतमा घरजग्गा कारोबार बढेको छ । वर्षको सुरुवादेखि नै घरजग्गा कारोबारमा मन्दी आएको भएपनि चैतमा देशभर ४९ हजार १५० घरजग्गा किनबेच भएका छन् । यो तथ्यांक भनेको पछिल्लो १० महिना यता कै बढी हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा देशभरका मालपोत कार्यालयबाट ४० हजार ७३९ घरजग्गा कारोबार भएकोमा चैतमा ४९ हजार नाघेको हो । 

कित्ताकाट खुल्न थालेसँगै घरजग्गा किनबेच पनि बढ्न थालेको विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीको भनाइ छ । ७५३ स्थानीय तहमध्ये हालसम्म १६० स्थानीय तहले मात्रै जग्गाको वर्गीकरण सकेका छन् । वर्गीकरण भएका स्थानीय तहमा कित्ताकाट खुला भएको छ ।

बैंकमा तरलता सहज हुन थालेको र ब्याजदर पनि घट्न थालेपछि घरजग्गा कारोबारमा उछाल आउन सुरु भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै स्थितीमा कित्ताकाट खुलाउने बताएपछि पनि कारोबार बढ्न सुरु गरेको हो । तर, सबैतिर कित्ताकाट खुला भए घरजग्गा कारोबार पुरानै लयमा फर्किने पक्का देखिएको कारोबारीहरु बताउँछन् । 

चैत महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच हुनेमा धनुषाको जनकपुरधाम मालपोत कार्यालय पहिलो नम्बरमा छ । चैतमा जनकपुरबाट १९२१ घरजग्गाको लिखत पारित भएको छ ।

दोस्रो नम्बरमा मोरङको बेलवारी मालपोत छ । यहाँबाट १७६४ लिखत पारित भएको छ । बाँकेको नेपालगञ्‍जमा १७५८, सुनसरीको इनरुवामा १७२३, झापाको भद्रपुरमा १३३७ घरजग्गा कारोबार भएका छन् । 

काभ्रेमा १२५८, चितवनको भरतपुरमा १२५६, झापाको दमकमा १२४९, सप्तरीको राजविराजमा १२१०, मोरङको विराटनगरमा १२०६ घरजग्गा किनबेच भएका छन् ।

काठमाडौँ उपत्यकामा भक्तपुरमा बढी ११८९ घरजग्गा किनबेच भएका छन् । यसपछि ललितपुरमा ११४४ लिखत पारित भएको छ ।

तौलिहवामा ११५७, पर्सामा १०३३, बाराको कलैयामा १११९, रुपन्देहीको बुटवलमा १०१९, कैलालीको धनगढीमा १०१८, महोत्तरीको जलेश्वरमा १०१२, दाङको तुलसीपुरमा १ हजार घरजग्गाको लिखत पारित भएको छ । 

चैतमा भएका घरजग्गा कारोबारबाट ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved