देशैभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 07:02:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले देशका सबै ठाउँमा जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले देशैभर जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको हो। 

भूउपयोग नियमावली जारी भएपछि वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिएको थियो । तर, अहिलेसम्म ६ सय बढी स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसकेपछि कित्ताकाट रोकिएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै कित्ताकाट रोकिँदा घरजग्गामा भएको लगानी फ्रिज हुँदा अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै पूरानै अवस्थाबाट कित्ताकाट खोल्ने बताएका थिए । 

सोही अनुसार सरकारले वर्गीकरण बिना नै जग्गाको कित्ताकाट खोलेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved