जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नहुँदै रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 05:20:43 PM मा प्रकाशित

laxmi  sunrise bank

जग्गाको कित्ताकाट खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नहुँदै रोकिएको छ । मन्त्रिपरिषद्‍ले पुनः अर्को प्रस्ताव पठाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसअघि मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली २०७९ संशोधन गर्दै जग्गाको कित्ताकोट खोल्ने निर्णय गरिसकेको थियो । तर, पुनः कित्ताकाट खुलाउने प्रस्ताव पेश गर्न मन्त्रिपरिषद्‍को कार्यालयले भूमी मन्त्रालयलाई निर्देशन दिएको छ । 

यसअघि मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै वैशाख ५ गते सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको बताएकी थिइन् । ‘नियमावली संशोधन नहुँदा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो, त्यसलाई सहज बनाउन मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ’ उनले भनेकी थिइन् ।

तर, उक्त निर्णय मन्त्रिपरिषदले भूमी व्यवस्था मन्त्रालयमा नपठाएर पुनः अर्को प्रस्ताव ल्याउन भनेको हो । 

हाल भूमी व्यवस्था मन्त्रालय पुनः प्रस्ताव पठाउने गरी तयारी गरिरहेको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved