घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छः अध्यक्ष लोहनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2024 | 01:25:39 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले कम्पनीमार्फत घरजग्गा कारोबार गर्नुपर्ने आवश्यकता दोहोर्याएका छन् । कास्की घरजग्गा तथा आवास विकास संघको वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष लोहनीले व्यक्तिगत रुपमा कारोबार हुँदा सरकारले राजस्व गुमाइरहेको र कारोबारको विश्वसनीयतासमेत नहुने जोखिम बढिरहेको भन्दै कम्पनीमार्फत घरजग्गा कारोबार गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । 

उनले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरुलाई हेर्ने सरकार र समाजको दृष्टिकोण नै नकारात्मक भएको भन्दै संयुक्त कम्पनीमार्फत काम गर्नुपर्ने बताएका हुन् । सरकारले व्यवस्थित र पारदर्शी रुपमा घरजग्गा कारोबार गराउनका लागि निजी क्षेत्रलाई ल्याण्ड पुलिङको जिम्मेवारी दिन आवश्यक रहेको अध्यक्ष लोहनीको भनाइ छ । 

७५३ स्थानीय तहमा भूमी उपभोग नीति लागू भएकाले स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रमा शहर बनाउने गुरुयोजना बनाउनुपर्ने उनले बताए । उनका अनुसार स्थानीय तहहरुले आफ्नो क्षेत्रमा शहर बनाउने गुरुयोजना बनाएमा त्यस्तो योजना मुताबिक निजी क्षेत्रले कम्पनीमार्फत काम गर्दा व्यवस्थित शहर बनाउन सकिनेछ ।

अध्यक्ष लोहनीले साना व्यवसायीहरु मिलेर घरजग्गा कारोबार गर्ने कम्पनी बनाउने र साना साना कम्पनीहरु पनि मर्ज भएर ठूलो पुँजी भएका कम्पनी बनाएर ठूला आयोजनाहरुमा काम गर्न आवश्यक रहेको पनि बताए । 

उनले ल्याण्ड पुलिङ खुला गरी सरकारले नयाँ शहरी ऐन ल्याउनुपर्ने आवश्यकता समेत औल्याएका छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved