घरजग्गा कारोबारमा वृद्धि, पुस महिनामा सवा ४ अर्ब राजश्व सङ्कलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2025 | 09:45:51 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालमा घरजग्गा कारोबारमा वृद्धि भइरहेको देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत पुस महिनामा राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। विभागका अनुसार, मङ्सिर महिनामा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ सङ्कलन भएको थियो भने पुस महिनामा ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजश्व प्राप्त भएको छ।

सोही अवधिमा, विभागले सेवा कर, रजिष्टेशन दस्तुर र पूँजीगत लाभकरका रूपमा विभिन्न स्रोतबाट राजश्व सङ्कलन गरेको जनाएको छ। सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार ६६५ रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ६८ करोड ७८ लाख २६ हजार १४५ रुपैयाँ, र पूँजीगत लाभकरबाट १ अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ रुपैयाँ सङ्कलन भएको छ।

काठमाडौं उपत्यकामा, मालपोत कार्यालयहरू बीच सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने कार्यालय भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल भएको छ, जसले ४० करोड ९४ लाख ४२ हजार ७३२ रुपैयाँ राजश्व सङ्कलन गरेको छ। यसले ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको संकेत गर्दछ।

त्यस्तै, अन्य मालपोत कार्यालयहरूले पनि राम्रो प्रदर्शन गरेका छन्। मालपोत कार्यालय गोटीखेल ललितपुरले २ लाख ८९ हजार ८४ रुपैयाँ, भक्तपुरले २९ करोड ७६ लाख १३ हजार २७१ रुपैयाँ, र डिल्ली बजारले २१ करोड ९० लाख ९९ हजार ६८५ रुपैयाँ राजश्व सङ्कलन गरेका छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved