सानिमा बैंक र भिपी आइएनसीबीच सम्झौता, कोरियाबाट रेमिट झनै सरल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 07:31:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक र भिपी आइएनसीबीच दक्षिण कोरिया नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ। यससम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र भिपी आइएनसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुन किमले हस्ताक्षर गरेका हुन।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरि १०,००० भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंक लगायत कुनै पनि बैंकको खातामा जम्मा गर्न सकिनेछ । 

सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत विश्वभरि बाट रेमिटयान्स सेवाका साथै आन्तरिक रेमिटयान्स सेवा पनि दिदै आइरहेको छ । सानिमा बैंकको हाल ७६ शाखा, १ एक्टेन्सन काउन्टर र ७२ ए.टि.एम. रहेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved