नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले जी एम ई र आई एम इ रेमिटेन्सको कारोबार एनसिएचएल आइपिएस र कनेक्ट आइपिएस इ पेमेन्ट प्रणाली मार्फत सिधै बैंक खातामा जम्मा हुने गरि कारोबारको थालनि गरेको छ ।
क्लियरिङ्ग हाउसले विभिन्न रेमिटेन्स कम्पनीहरुको कारोबार बैंक मार्फत लाभग्राहीहरुको खातामा जम्मा हुने व्यवस्था गर्दै आएको छ । उक्त सुविधालाई थप सहज र सरलिकृत बनाउने गरी जी एम ई र आई एम ई रेमिटेन्सको कारोबार इ पेमेन्टप्रणालीबाट गर्न थालिएको हो ।
यसरी आवद्ध भएका रेमिटेन्स कम्पनीहरुले रेमिटेन्स भुक्तानीका कारोबारहरुकनेक्ट आइपिएस इ पेमेन्ट प्रणाली मार्फत तुरुन्तै भुक्तानी गर्न सक्नेछन् । भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएचएल आइपिएस मार्फत तोकिएको समय सीमामा सदस्य बैंकहरुमा रहेका खाताहरुमा जम्मा गर्न सक्नेछन् । उक्त इन्टिग्रेटेड प्रणाली मार्फत ग्राहकले तुरुन्तै भुक्तानी प्राप्त गर्ने देखि रेमिटेन्स कम्पनीले बैंक खातामा जम्मा गर्ने भुक्तानी सेवाको गुणस्तर बृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा ४७ र एनसिएचएल आइपिएस प्रणालीमा ७९ सदस्य बैंकहरु वित्तीय संस्थाहरु आवद्ध रहेका छन् ।