सिटि एक्सप्रेस सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 02:08:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस ग्रुप भक्तपुर स्थित मानव सेवा आश्रमद्वारा सम्मानित भएको छ। यसै अवसरमा  सिटि एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट सम्मान ग्रहण गरेका छन।    

एक्सप्रेसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट दिएर सहयोग गरेको थियो। समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पुर्याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस ग्रुप अन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी, ट्रेडिङ  म्यानेजमेन्ट लगायत थुप्रै कम्पनीहरु आबद्ध छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved