किन घट्यो रेमिट्यान्स ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 03:13:50 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै विप्रेषण आप्रवाहमा ४.९ प्रतिशतले कमी आएको जनाएको छ ।

तीन महिनाको अवधिमा मुलुकले २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ रेमिट्यान्सस भित्र्याएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ३७.३ प्रतिशतले वृद्धि भएकोमा रेमिट्यान्स चालु आर्थिक वर्षमा भने घट्न पुगेको हो ।  

मलेशियामा भएको रोजगारी बन्दको प्रभावले चालु आर्थिक वर्षमा रेमिट्यान्स घटेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । विश्वब्यापी रुपमा देखिएको आर्थिक मन्दीको असर पनि रेमिट्यान्समा देखिएको अर्थविदहरुको भनाई छ । 

यस्तै रेमिट्यान्स घट्नुको अर्को कारण भनेको वैदेशीक रोजगारीमा जाने नेपालीको संख्यामा निरन्तर रुपमा आएको कमीलाई पनि हेरिएको छ । चालु वर्षको ३ महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved