मलेशियाबाट आइएमई गर्दा विरेन्द्रले जिते ४ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 08:50:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमईले दसैँमा ल्याएको ‘डबलको डबलको डबल’ अफरको विजेता खत्वे विरेन्द्र खाङ्ग बनेका छन । बिहिबार राजधानीमा गरिएको ‘लक्की ड्र’ मा खाङ्ग विजेता छनौट भएका हुन ।

विजेता बनेसंगै उनले ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ रकम प्राप्त गरेका छन । यस योजनाका बिजेताले आफुले पठाएको रकमको डबलको डबल रकम पाउने थिए । जस अनुसार उनले मलेसियाबाट आइएमई पे मार्फत पठाएको ५९ हजार ७ सय ३२ रुपैयाँको आठ गुणा रकम पुरस्कार स्वरुप हात पारेका हुन्।

सतहत्तर दिनको योजना अवधिमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ र बम्पर लक्की ड्र मार्फत १ जना विजेता बनेका हुन् । आइएमईले गत भदौ १५ देखि गत कार्तिक मसान्तसम्म ७७ दिनका लागि उक्त अफर घोषणा गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved