सिटी एक्सप्रेसको सेवा खल्ती एपबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 05:03:16 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच सम्झौता भएको छ । वालेट र एक्सप्रेसबीच खल्ती एप तथा वेबसाईटबाटै रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी रकम ट्रान्सफर गर्न सकिने छ । यसरी पैसा पठाईसकेपछि पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्नेछन् । प्राप्तकर्ताले उक्त पिन देखाएर सिटी एक्सप्रेसका देशैभरी रहेका एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयबाट पैसा निकाल्न सक्ने खल्तीले जनाएको छ । 

खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त एक पेमेन्ट गेटवे हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved