आजदेखि कतारमा मनी एक्सचेन्ज सेवा सुचारु, नेपाली कामदारलाई ठुलो राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 05:36:54 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना रोकथाम तथा नियन्त्रणका लागि कतारले यसअघि बन्द गरेको मनी एक्सचेन्ज सेवा आजदेखि सुचारु गरेको छ। कतार स्थित सम्पुर्ण मनि एक्सचेञ्ज आज बैशाख १२ देखि सुचारु भएको कतारको उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ।

भौतिक दुरी तथा स्वास्थ्य सुरक्षा लाई ध्यानमा राखेर आजदेखि मनी एक्सचेन्ज संचालनमा आएपश्चात नेपाल लगायतका बिभिन्न देशहरुका कामदारलाई ठुलो राहत मिलेको राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक, खाडी मुलुक तथा अरेबिक भाषाका विज्ञ, प्रोफेशर मोहम्मद रमजान अलि मियाँले बिजपाटीलाई बताए। 

मनी एक्सचेन्ज सेवा सुचारु भएपश्चात नेपालमा पैसा पठाउन नपाएर तनाबमा रहेका नेपाली कामदारलाई ठुलो राहत मिलेको छ। कतारमा कोरोना संक्रमित देखिएपछि यसअघि २६ मार्च २०२० देखि मनएक्सचेन्ज सेवा बन्द गरिएको थियो। 

यद्दपी मनी एक्सचेन्ज सेवा बन्द भएपनि त्यो बेला अनलाइन मार्फत विभिन्न बैंकले उपलब्ध गराएको मोबाईल एप्सबाट बिदेशी कामदारले पैसा पठाउदै आएका थिए। उक्त अनलाईन सुविधा त्यहाँका बैंकहरुले निशुल्क उपलब्ध गराएका थिए।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved