साढे २७ प्रतिशतले बढ्यो रेमिट्यान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 02:09:59 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स २७.५ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्ष २०७६/७७ को चैत महिनाको तुलनामा वैशाख महिनामा २७.५ प्रतिशतले बढी रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको वैशाख महिनामा ४४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ,  जुन रकम चालु आर्थिक बर्षको चैत महिनामा भित्रिएको भन्दा २७.५ प्रतिशतले बढी हो । चालु आर्थिक बर्षको चैत महिनामा ३४ अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

त्यस्तै गत आर्थिक बर्षको वैशाख महिनाको तुलनामा चालु आर्थिक बर्षको  वैशाखमा नेपाल भित्रिने  रेमिट्यान्स २८ अर्ब ११ करोड रुपैयाँले घटेको छ । गत आर्थिक बर्षको  वैशाखमा ७२ अर्ब ११ करोड रुपैयाँ भित्रिएको थियो भने चालु आर्थिक बर्षको  वैशाखमा जम्मा ४४ अर्ब रुपैया रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved