आइएमईले ल्यायो घरमै बसेर १ लाख जित्ने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 12:43:41 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमईले लागि “आइएमई घरमै– रू. १ लाख जितौं” योजना ल्याएको छ । कम्पनीले कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिट्यान्स रकम प्राप्तगर्न उक्त योजना ल्याएको हो ।

कम्पनीका अनुसार उक्त योजना अन्तर्गत स्वदेश तथा विदेशबाट रेमिट्यान्समार्फत पठाएको रकम मोबाइल फोनमा नै प्राप्त गर्न सकिने जनाइएको छ । जस अन्तर्गत् यही जेठ ३१ गतेबाट सुरू गरिएको “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने एक जना भाग्यशालीलाई एक लाख रुपैयाँ प्रदान गरिने जनाइएको छ । 

त्यस्तै हरेक हप्ता पाँच जनालाई जनही पाँच हजारका दरले प्रदान गरिने उक्त योजना असारको अन्त्यसम्म लागू हुने कम्पनीले जनाएको छ । 

स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिनेछ । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved