ह्वात्तै घट्यो नेपाल भित्रिने रेमिटेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 07:04:47 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु अर्थिक बर्षको २०७६।०७७ दश महिनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा कुल विप्रेषण छ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ  भित्रिएको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा भित्रिएको रकमभन्दा ६.१ प्रतिशत कम हो । 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५।०७६ को दश महिनासम्ममाा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । त्यस्तै गत अर्थिक वर्षको तुलनामा चालु अर्थिक बर्षको दशमहिनासम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको  राष्ट्र बैंकले जनाएको छ । 

यस्तै चालु आर्थिक बर्षको दशमहिनासम्मामाा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved