महामारी कै बीच ७४ प्रतिशतले बढ्यो रेमिट्यान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 11:08:51 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारी कै बीच देशमा भित्रने रेमिट्यान्स हवात्तै बढेको छ । यस वर्षको वैशाख महिनामा भित्रिएको रेमिट्यान्सको तुलनामा जेठमा ७४.३९ प्रतिशतले वृद्धि भएको हो ।

यस वर्षको वैशाख महिनामा कुल ५३ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएमा जेठ महिनाममा भने ७४.३९ प्रतिशतले बढेर ९४ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै गत आर्थिक वर्ष २०७६।०७७ को जेठ महिनासम्म देशमा कुल सात खार्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन आर्थिक वर्ष २०७५।०७६ को सोहि अवधिसम्ममा भित्रिएको रेमिट्यान्स रकमको तीन प्रतिशतले कमि हो । 

यसैगरी गत आर्थिक वर्ष २०७६।०७७ को जेठ महिनासम्म भित्रिएको  अमेरिकी डलर रेमिट्यान्स ५.१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५।०७६ को सोही अवधिमा यस्तो रेमिट्यान्स ८.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved