आइएमई गर्दा रोकायाले जिते १ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2020 | 06:49:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई सेवाग्राही मंगल बहादुर रोकाया आइएमई घरमैको विजेता घोषित भएका छन् । ‘लक्की–ड्र’ मार्फत विजेता घोषित भएका रोकायाले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् । 

आइएमईले कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि “आइएमई घरमै– रू. १ लाख जितौं” भन्ने उपहार कार्यक्रम योजना ल्याएको थियो । उक्त उपहार योजना गत जेठ ३१ गतेबाट सुरू गरेको थियो ।

२०७७ साल असारको अन्त्यसम्म मात्र कायम  “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख र हरेक हप्ता ५ जनालाई जनही ५ हजार प्रदान गरिने गरी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिनेछ । 

रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिदै आइरहेको छ । 

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved