जेठमा भित्रियो इतिहास कै बढी रेमिट्यान्स, यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 02:41:24 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष २०७६।०७७ को जेठ महिनामा नेपालमा भित्रने रेमिट्यान्स अहिलेस्ममकै उच्च रहेको छ । गत अर्थिक वर्षको जेठ महिनामा नेपालमा जम्मा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ जुन नेपालमा एक महिनामा भित्रिने रेमिट्यान्सको उच्चतम बिन्दु हो । 

यस अघि अघिल्लो आर्थिक वर्ष २०७५।०७६ को असोउज महिनामा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको थियो । २०७५।०७६ को असोउज महिनामा जम्मा ८७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । लकडाउनले गर्दा गत आर्थिक वर्ष चैत र वैशाख महिनामा ह्वात्तै घटेको रेमिट्यान्स जेठ महिनामा भने इतिहाशकै सबैभन्दा धेरै भित्रिएको छ ।

नेपालमा रेमिट्यान्स भित्रिने स्रोत मुलुकहरुमा लकडाउन खुकुलो हुन र अवैध रुपममा भित्रिने गरेको रकम वैध रुपमा भित्रिन थाल्नुले पनि जेठ महिनामा अत्याधिक रेमिटयान्स भित्रिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुनाकर भट्टले जानकारी दिएका छन् । उनका अनुसार लकडाउन अवधिमा विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउन पाएका थिएनन् र लकडाउन खुकुलो भएसंगै एकैसाथ पहिलाको रकम पनि पठाएकाले जेठ महिनामा रेमिट्यान्स हवात्तै बढेको होे । अवैध रुपमा रकम पठाउनेहरु निरुत्साहित भएकाले पनि रेमिट्यान्स ह्वात्तै बढन पुगेको प्रवत्त भट्ट बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved