'गल्बन्दी च्यातियो' गीतमा टिक-टक बनाएर १५ हजार जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 10:28:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले टिक–टक प्रतियोगिता आयोजना गरेको छ । कम्पनीले “सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज”को आयोजना गरेको हो ।

देश बिदेशमा भएका टिक–टक प्रयोगकर्ताहरुका लागी “सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज”को आयोजना गरेको कम्पनीले जनाएको छ । प्रतियोगिहरुले  गायक प्रकाश सपुतको चर्चित रहन सफल “गल्बन्दी च्यातियो” बोलको गीतमा टिकटक बनाउनु पर्ने हुन्छ । कम्पनीका अनुसार उक्त टिक-टक च्यालेन्जको प्रथम पुरस्कार १५ हजार, द्वितिय १० र तृतिय पुरस्कार ५ हजार रहेको छ । यसका साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५०० रुपैयाँ बराबरको मोबाईल टप अप प्रदान गरिने कम्पनीले जनाएको छ । यही असोज १४ गते सम्म पोस्ट गरी सक्नु पर्नेछ भिडियोको नतिजा असोज २० गते प्रकाशन गरिने जनाइएको छ । 

सिटी एक्सप्रेसले बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलिया, लगायत देशबाट विप्रेषण सेवा प्रदानगर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved