डिजिटल रेमिट्यान्समा राष्ट्र बैंकको नयाँ कदम, अब पैसा लिन काउन्टर नै धाउनु नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 06:08:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रेमिट्यान्सलाई पनि डिजिटलाइज्ड गर्नलाई नेपाल राष्ट्र बैंकले थप नयाँ व्यवस्था गरेको छ। डिजिटल नेपालको अवधारणालाई साथ दिने क्रममा नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट नै नेपालमा रेमिट्यान्स ल्याउने व्यवस्था गरेको हो। 

डिजिटल माध्यमबाट नेपाल रेमिट्यान्स भित्र्याउनलाई राष्ट्र बैंकले बैंक वित्तीय सँस्था तथा रेमिट्यान्स कम्पनीहरुलाई नयाँ व्यवस्था गरेको छ। आज एक बिज्ञप्ती जारी गर्दै राष्ट्र बैकले यसबारे जानकारी गराएको हो। 

थप गरिएको व्यवस्थाअनुसार नेपालमा रेमिट्यान्स पठाउने सँस्था सम्बन्धित देशमा संचालनमा रहेको डिजिटल पेमेन्ट माध्यम संचालन गर्ने सँस्थासँग आबद्ध भएको हुनुपर्नेछ। 

राष्ट्र बैंकले तोकेका सर्तहरु पालनागरि डिजिटल माध्यमबाट नेपालमा रकम भित्र्याउन सकिने र यसरी भित्र्याईएको रकम इसेवा लगायतका भुक्तानी सेवा प्रदायक तथा बैंक वित्तीय संस्थाहरुसँग आबद्ध भई यी सँस्था मार्फत भुक्तानी प्रदान गर्न सकिनेछ। 

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले कतार, मलेसिया लगायतका देशहरुमा कार्यरत नेपालीहरुले अब सिधै 'वालेट टु वालेट' अनलाइन मार्फत नै नेपालका आफन्त तथा परिवारलाई पैसा पठाउन सक्नेछ राष्ट्र बैंकका विदेशी विनिमय व्यस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले बिजपाटीलाई बताए।

यसरी पठाएको पैसा राष्ट्र बैंकमा दर्ता भएका इसेवा लगायतका भुक्तानी सेवा प्रदायक तथा बैंक वित्तीय संस्था मार्फत प्राप्त गर्न तथा प्राप्त भएको रकम त्यहींबाट आवश्यकताअनुसार खर्च गर्न सक्नेछन। 

यसअघि रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउन सामान्यतया सम्बन्धित देशबाट नेपालका रेमिट्यान्स कम्पनी तथा बैंक वित्तीय सँस्थामा पठाउने र उक्त रकम नगदमा नै प्राप्त गर्न आफन्त तथा परिवार  सम्बन्धित संस्थामा जानुपर्ने अवस्था थियो। तर अब भने सम्बन्धित देशबाट सिधै नेपाल रहेको आफन्त तथा परिवारको वालेटमा पठाउन सक्नेछन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved