२३ प्रतिशतले बढ्यो रेमिट्यान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 06:04:53 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको २०७६।०७७ को पहिलो महिना अर्थात साउन महिनाको तुलनामा चालु आव ०७७।०७८ को साउन महिनामा २३ प्रतिशतले बढी रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालुृ आवको पहिलो महिनामा नेपलमा कुल ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको सोही महिनामा भित्रिएको भन्दा २३ प्रतिशत बढी हो । गत आवको पहिलो महिनामा कुल ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत अवको पहिलो महिनामा भने नेपालमा भित्रने रेमिट्यान्स २ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै, चालु आवको पहिलो महिनामा अमेरिकी डलर विप्रेषण आप्रवाहमा पनि वृद्धि भएको छ । गत आवको तुलनामा चालु आवमा अमेरिकी डलर विप्रेषण १४.५ प्रतिशतले बढेको छ । गत आवमा यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved