आई पे रेमिटबाट पैसा प्राप्त गर्दा बाइक उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2020 | 04:06:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आई पे रेमिटले 'आई पे रेमिट बाट पैसा आयो उपहारमा बाईक पायो' नामको उपहार योजना र्सावजनिक गरेको छ । यस योजना अन्तर्गत आई पे रेमिटको मलेसिया लगायत विश्वका विभिन्न मुलुकबाट पठाएको पैसा प्राप्त गर्दा ग्राहकहरुले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनाको अवधि कार्तिक १ गते देखि मंसिर ५ गते सम्म रहने छ भने दैनिक रुपमा ७ जनाले प्रेसर कुकर उपहार जित्न सक्ने छन् । साथै साप्ताहिक रुपमा हरेक हप्ता १ जना विजताले टिभी र १ जना विजेताले बम्पर पुरस्कार स्वरुप बाईक जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सम्पूर्ण उपहार कार्यक्रमको विजेताको घोषणा लक्की ड्र मार्फत गरिनेछ र सोको जानकारी आई पे रेमिट को आधिकारिक फेसबुक पेजमार्फत दैनिक प्रकाशन गरिने छ । 

आई पे रेमिटले १०,०००ं साझेदारहरुबाट रकम भुक्तानी साथै नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा तुरुन्तै पैसा जम्मा (रियल टाईम एकाउन्ट डिपोजिट) गर्ने सुविधा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved