अब हङकङमा पनि इसेवा रेमिट्यान्स, सहजै नेपाल पैसा पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2020 | 11:58:53 AM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनि ट्रान्सफर Esewa र हङकङको रेमिट्यान्स् कम्पनी केएमई रेमिटेन्स बीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरु भएसंगै हङकङमा रहेका  नेपालीहरुले केएमई रेमिट्यान्स्बाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सक्ने भएका छन्। 

इसेवाकाअनुसार नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । के एम् ई रेमिट्यान्स्ले छिटै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्पmत पनि सुरु गर्ने छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक–  अजेश कोइराला र के एम ई रेमिटेन्सको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरे। 

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्पmत नेपालमा रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved