चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नेपाल भित्रिने रेमिट्यान्स बढेको छ। गत आर्थिक बर्षको तुलनामा १२ दशमलव ६ प्रतिशतले रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ।
तीन महिनाको अवधिमा २ खर्ब ५८ अर्ब ८६ करोड रुपैंयाँ बराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षको सोहि अवधिमा ५ दशमदव १ प्रतिशतले रेमिट्यान्स घटेको थियो ।
त्यस्तै, यस अवधिमा अमेरिकी डलर विप्रेषण आप्रवाहमा पनि वृद्धि भएको छ । अमेरिकी डलर विप्रेषण ७ दशमलव ६ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्ष यस्तो आप्रवाह ४ दशमलव ७ प्रतिशतले घटेको थियो ।