दक्षिण कोरियाबाट अनलाइनबाटै एनआईसी एशियामा रकम पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 03:51:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  मा दक्षिण कोरियाबाट रकम पठाउन सकिने भएको छ । बैंकले सेन्टबी रेमिटसंग यसै सम्बन्धमा सम्झौता गरेको हो । 

सम्झौता अनुसार दक्षिण कोरियाबाट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सकिने छ । उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको बैंकले जनाएको छ । 

बैंक मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved