वायरबार्ले मार्फत थप ६ देशबाट इसेवामा रकम पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 12:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवामनि ट्रान्सफर र वायरबार्लेबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार थप ६ देशबाट वायरबर्ले मार्फत इसेवा तथा बैंक खातामा रकम पठाउन सकिने भएको हो । 

सम्झौता पछि अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिने भएको हो । 

यसरी पठाएको रकम इसेवाका नेपाल भर रहेका आठ हजार भन्दा धेरै एजेन्ट मार्फत रकम प्राप्त गर्न सकिन्छ । यस्तै रकम सिधै इसेवा वालेटमा प्राप्त गर्न पनि सकिने कम्पनीले जनाएको छ । 

वायरबार्ले एउटा फिनटेक स्टार्ट अप कम्पनी हो । जसले एशिया प्रशांत क्षेत्रमा मोबाइल अनलाइन रेमिट्यान्स् सेवा प्रदान गर्दछ । इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved