११ प्रतिशतले बढ्यो रेमिट्यान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 04:38:49 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको पहिलो चार महिनामा नेपाल भित्रिने रेमिट्यान्स बढेको छ। गत आर्थिक बर्षको तुलनामा ११ दशमलव २ प्रतिशतले रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। 

चार महिनाको अवधिमा ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैंयाँ बराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षको सोहि अवधिमा २ दशमदव ८ प्रतिशतले रेमिट्यान्स घटेको थियो । 

त्यस्तै,  यस अवधिमा अमेरिकी डलर विप्रेषण आप्रवाहमा पनि वृद्धि भएको छ । अमेरिकी डलर विप्रेषण ६ दशमलव ४ प्रतिशतले बढेर २ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्ष यस्तो आप्रवाह १ दशमलव ९ प्रतिशतले घटेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved