स्मलवर्ल्ड मार्फत २२ देशबाट रकम पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 01:08:26 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनि ट्रान्सफर र “स्मलवर्ल्ड”बीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । उक्त सम्झौतासंगै २२ वटा देशहरुमा रहेका नेपालीहरुले “स्मलवल्र्ड” मार्फत नगद तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन पाउने छन्  ।

यस सेवाबाट अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशबाट रकम पठाउन सकिने कम्पनीले जनाएको छ । नगदमा पठाइएको रकम नेपाल भर रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजारभन्दा एजेन्ट तथा इसेवावालेट एपमा पनि प्राप्त गर्न सकिन्छ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुने समेत कम्पनीले जनाएको छ । 

स्मलवल्र्ड भुक्तानी सेवाप्रदायक, रेमिट्यान्स् कम्पनी हो । जसको सिद्धान्त विप्रेषण भुक्तानीको सेवा र माध्यमबाट विशाल संसारलाई सानो बनाउने रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved