इसेवा मनि ट्रान्सफर र यूएईको अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 01:59:00 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनि ट्रान्सफर र यूएईको रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवामनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्जको तर्फबाट पूर्व प्रमुखकार्यकारी अधिकृत ओसामाअल राहमाले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार यूएईमा रहेका नेपालीहरुले “अलफर्दान एक्सचेन्ज”का ६५ वटा शाखाहरुबाट नगदमा तथाकुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिने र बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुने कम्पनीले जनाएको छ। 

 इसेवामनि ट्रान्सफरले डिजिटल र एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved