रेमिट्यान्स कम्पनीले २५ प्रतिशत मात्र कर्मचारी राख्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 10:25:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विप्रेषकहरूलाई कोभिड–१९ को संक्रमणबाट सजग भई कम कर्मचारी उपस्थित भई सेवा प्रदान गर्न निर्देशन दिएको छ । बैंकले सूचना प्रकाशन गरी रेमिटान्स कम्पनीलाई २५ प्रतिशत मात्र कर्मचारी राख्न पाउने निर्देशन दिएको हो ।  

निर्देशनअनुसार नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्तिमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सम्पूर्ण उपायहरू अवलम्बन गर्नु पर्ने छ । यस्तै   विप्रेषकले आफ्नो व्यवसायलाई उच्च प्राथमिकतामा राखी कम कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्नु पर्नेछ भने निषेधाज्ञा जारी भएको स्थानमा २५ प्रतिशतभन्दा कम कर्मचारी उपस्थित गराएर सेवा प्रदान गर्नु पर्ने छ । विप्रेषकलाई सूचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फर्म होम तथा रिमोट एसिस बाट कार्य सम्पादनमा जोड दिन बैंकले आग्रह गरेको छ ।

विद्युतीय सेवा प्रदान गर्ने, निषेधात्मक आदेशको पालनाका लागि स्थानीय प्रशासन र निकायको समन्वयमा सेवा प्रदान गर्न, सुचना प्रविधिको प्रयोग गरी विद्युतीय माध्ययमबाट सेवा दिदा उत्पन्न हुन सक्ने जोखिम तथा दुरुपयोगप्रति सचेत भएर जोखिम व्यवस्थाापन गर्न र बैंकले पहिला दिएका निर्देशनहरू पालना गर्न आग्रह गरेको हो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved