इसेवा र पेरू रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट रेमिट्यान्स् पठाउन सहज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 04:25:30 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् भुक्तानी गर्न अझ सहज भएको हो ।

नेपालीहरूले आफ्नो कम्युटर तथा मोबाईलबाटै कम लागतमा आफ्नो बैंक एकाउण्टमा तथा इसेवा वालेमा रियल टाइममा  रेमिट्यान्स् पठाउन सकिनेछ । साथै पेरू रेमिट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको जुन सुकै एजेन्ट सञ्जाल बाट भुक्तानी लिन सकिनेछ । 

सम्झौतापछि इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भन्ने “पेरू रेमिटसँगको सहकार्यले गर्दा हामीलाई अष्टे«लियामा रहनुभएको नेपाली दाजुभाइलाई नेपालमा पैसा पठाउने भर पर्दो माध्यम बनेको छ । यो सम्झौताले अन्तराष्ट्रिय विपे्रषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरिय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पु¥याउने छ ।”

यस्तै पेरू रेमिटका प्रबन्ध निर्देशक इश्वर दाहालले भन्ने ‘अष्ट्रेलिया बसी हमी नेपालीले नेपालमा आफ्ना आफन्तलाई पैसा पठाउँदा व्यहोर्नुपर्ने झञ्झट र पुग्छ की पुग्दैन भन्ने डरलाई प्रविधिको प्रयोगबाट सुरक्षित सरल र बैधानिक माध्यमको रूपमा नेपाल पैसा पठाउन नेपालकै एक अग्रणी फिनटेक इसेवासँग सहकार्य गरि पेरू रेमिट अष्ट्रेलियाको रेमिट्यान्स् सेवा लिएर तपाईँहरूको सेवामा आएका छौँ । साथै विभिन्न गैरकानुनी ढंगबाट देशमा भित्रिने रेमिट्यान्स्लाई वैधानिक तवरले भित्राउँदा देशको अर्थतन्त्रमा पनि केही टेवा पुग्ने आशा राखेको छु ।’ 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved