९ महिनामा भित्रियो ७ खर्ब रेमिटेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 04:00:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको विप्रेषण (रेमिटेन्स) आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्याङ्क मा यस्तो वृद्धि देखिएको हो । 

समिक्षा अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई रु.७ खर्ब २९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो । 

यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भई रु.८१४ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.७ प्रतिशतले घटेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved