इसेवा र युरोपको इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् सम्झौता, युके र साइप्रसबाट पैसा पठाउन सहज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 05:44:24 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनि ट्रान्स्फर र युरोपबाट रेमिट्यान्स् सेवा प्रदान गर्दै आइरहेको जर्जिया स्थित इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भूक्तानी सम्झौता भएको छ । सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीबाट नेपालमा पैसा पठाउन सहज भएको छ ।

यससँगै इन्टेल एक्स्प्रेसमार्फत पठाएको रेमिट्यान्स् नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा बढि एजेन्ट नेटवर्कमार्फत पाउन  सकिने छ । अथवा इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।  

इन्टेल एक्स्रप्रेस विश्वव्यापी रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८ हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved