११ महिनामा ८ खर्ब ७० अर्ब ९४ करोड रेमिट्यान्स भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 11:59:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भित्रिने रेमिटेन्स १२.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई ८ खर्ब  ७० अर्ब ९४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई रु.९७१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved