सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पेबिच रेमिटान्स कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2021 | 11:12:06 AM मा प्रकाशित

laxmi  sunrise bank

साईप्रसको ख्यातिप्राप्त कोरोना पे  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । यस संगै साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटाली अथवा फ्रान्समा रहेका नेपालीहरुले कोरोना पेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् । 

  नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र छिट्टैनै नेपालको  जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरोना पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  ग्रेभ कोज्लोभले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved