
खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमीट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्तीको स्पारो पेबीच रेमीट भुक्तानी सेवाका लागि सम्झौता भएसँगै अब खल्तीबाट पनि मेगा रेमिट सेवा उपलब्ध हुने भएको हो ।
सम्झौता अनुसार सर्वसाधारणहरुले मेगा रेमीटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन् ।
यसका साथै बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमीटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ ।