एभरेष्ट रेमिट मार्फत पठाइएको पैसा खल्तीबाट प्राप्त गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 04:08:34 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबात सजिलै प्राप्त गर्न सकिने भएको छ। यस संगै अब ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने भएका छन्।


साथै प्राप्त भएको रकम पुन खल्ती बाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्ती को रेमिट्यान्स सेवा मार्फत नेपालको जुनसुकै ठाउँमा पठाउन सक्नेछन्। खल्तीबाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ। त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्ने कम्पनीले जनाएको छ। 


विदेशबाट एभरेष्ट रेमिट मा पठाएको पैसा खल्ती बाट प्राप्त गर्न खल्ती एप को होम पेजमा गईसेण्ड मनी मा ट्याप गर्ने , रेमिट्यान्समा गईरिसिभ मनी मा क्लिक गर्ने , एभरेष्ट रेमिटछनोट गर्ने , कन्ट्रोल पिन दाखिला गरीप्रोसिडमा ट्याप गर्ने , सबै विवरण यकिन गरीओकेबटन मा ट्याप गर्ने प्रक्रिया रहेको कम्पनीले जनाएको छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved