युरोपको टेर्रा पे र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 06:00:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनि ट्रान्सफर र युरोपको टेर्रा पेमेन्ट सर्भिसेसबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । अब युरोप तथा ७९ देशमा रहेका नेपालीहरुले टेर्रा पेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार बढी एजेन्टहरुबाट उक्त रकम सजिलै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ । नेपालको  जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने छ । 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेर्रा पेको तर्फबाट सह संस्थापक अनि सानेले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved