सिटी एक्सप्रेसले ल्यायो ग्राहकलाई लखपति बनाउने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 01:53:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना घोषणा गरेको छ । यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई  रु १०,००० उपहार प्रदान गरिने साथै हरेक महिना ५ जनालाई रु १ – १ लाख प्रदान गरिने जनाएको छ  ।

योजनाबाट २ महिना सम्म १० जना लखपति बन्न सक्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि  कार्तिक ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved