रेमिटेन्सबाट आएको रकम झिक्न अब नागरिकता अनिवार्य, प्रतिलिपिमा पनि सहिछाप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 04:52:50 PM मा प्रकाशित

laxmi  sunrise bank

रेमिटेन्स मार्फत आएको रकम झिक्नको लागि फोटो सहितको परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै भुक्तानी लिने ब्यक्तिको सक्कल नागरिकता/राहदानी/ नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचयपत्र रुजु गरी सोको प्रतिलिपि पछाडि सहिछाप समेत गराएर रकम भुक्तानी गर्न निर्देशन दिएको छ।

यस अघि नागरिकता वा नेपाल सरकारले जारी गरेको अन्य परिचयको फोटोकपी देखाएर रकमको भुक्तानी लिन सकिने ब्यबस्था भएकोमा अब भने सक्कल परिचयपत्र नै आवश्यक पर्ने भएको हो । त्यस्तै अब परिचयपत्रको प्रतिलिपि पछाडि सहिछाप समेतगर्नु पर्ने छ। नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त कम्पनीहरु लगायत त्यस्ता कम्पनीबाट नियुक्त सब एजेन्टहरुलाई यस्तो निर्देशन दिएको हो।

निर्देशनमा भनिएको छ 'विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त कम्पनीहरु लगायत त्यस्ता कम्पनीबाट नियुक्त सब एजेन्टहरुले विद्यमान नियन्त्रण संयन्त्र (Control Mechanism) का अतिरिक्त विप्रेषण वापतको रकम भुक्तानी गर्दा वेनिफिसियरी (सम्बन्धित व्यक्ति) को सक्कल नागरिकता/राहदानी/ नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचयपत्र रुजु गरी सोको प्रतिलिपि पछाडि सहिछाप समेत गराएर रकम भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ।'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved