कतारबाट सिँधै इसेवामा पैसा पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 05:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । यस सम्झौता सँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ वटा शाखाहरुबाट इसेवामनी मार्फत नेपालमा पैसा  पठाउन सक्ने भएका छन् । 

अबदेखि  कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जमार्फत इसेवामनी ट्रान्सफरसंग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सक्ने भएका हुन् ।

अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवामनि ट्रान्सफरको देशभर रहेका एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ । अलदार एक्सचेन्जको एपबाट पनि चाडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुने बताईएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved