आईएमई मार्फत डेढ लाख पठाएका दाहालले जिते साढे १२ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2021 | 01:37:30 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमईले 'आइएमई डबलको डबलको डबल अफर'को विजेता घोषणा गरेको छ। प्रविधिमा आधारित 'लक्की ड्र' मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार आइएमईका सेवाग्राही जिवेश दाहाल विजेता भएका हुन्।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि र दीपाश्री निरौलाले संयूक्त रूपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरि भाग्यशाली विजेता छनोट गरेका हुन्।

सेवाग्राही दाहालले अफर अवधिमा आइएमई मार्फत १ लाख ५६ हजार ८ सय ९७ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । स्किम अनुसार उनले पठाएको रकमको आठ गुणा बढी रकम अर्थात् १२ लाख ५२ हजार ४ सय ६४ रुपैयाँ उपहार स्वरूप प्राप्त गरेका छन्।

आइएमईले असोज १ देखि कार्तिक २६ सम्म कूल ५७ दिनका लागि कायम उक्त सेवाग्राहीमूखी अफर संचालन गरेकोमा कूल आठ हप्तामा साप्ताहिक २ जनाका दरल १६ जना, कूल दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्र माफत १ जना भाग्यशाली विजेता गरि कूल २१ जना लाभान्वित भएको कम्पनीले जनाएको छ । यसका साथै आइएमई पे मार्फत रेमिटेन्सको भूक्तानी मार्फत रेमिटेन्सको भुक्तानी लिँदा रू. २ सय तत्काल बोनसको व्यवस्था अन्तर्गत हजारौं सेवाग्राहीहरू यसबाट लाभान्वित भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको थियो । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित 'लक्की डू' मार्फत गरिएको हो । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने प्रावधान अनुरूप कोहि पनि सहभागी हुन् नपाउने ब्यबस्था थियो ।

कम्पनीले २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले  कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved