रेमिटर्स एसोसियसनको अध्यक्षमा चन्द्र टण्डन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 05:14:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मुद्रा विप्रेषक संघ (रेमिटर्स एसोसियसन) को अध्यक्षमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डन चयन भएका छन । संघको सम्पन्न १६ औं वार्षिक साधारण सभाले टण्डनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट प्रा.लि.) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष (आईपे रेमिट प्रा.लि.) तथा सचिव दिपेन्द्र खनाल (ईजिलिङ्क रेमिट्यान्स प्रा.लि.) चयन भएका छन् ।

सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर), दिवाकर पौडेल (जिएमई रेमिट), सञ्जिव पाठक (ए टि टि रेमिट) चयन भएका छन् । संघको बिधान अनुसार अध्यक्षले मनोनित गर्ने जना सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन बैंक लि) र रामेश्वर सापकोटा (प्रभू मनिट्रान्सफर) रहेका छन् । 

नवनिर्वाचित अध्यक्ष टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्ने बताए । आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अ्रध्यक्ष पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।

संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संघका महासचिव रितेश मित्तलले कोभिड १९ का कारण नकारात्मक हुने अपेक्षा गरिएको रेमिट्यान्स गत आर्थिक बर्षमा बृद्धि भएको तर यस आर्थिक वर्षमा भने शुरु देखिनै रेमिट्यान्स आप्रवाहमा आएको गिरावटप्रति चिन्ता ब्यक्त गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved