नेपाल भित्रिने रेमिटेन्स घटेको घट्यै, ५ महिनामा ४ खर्ब पनि आएँन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2022 | 03:54:52 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा रेमिटेन्स ६.८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई रु.३८८ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । 

 समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३१,०८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

 समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु.४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved