एनआईसी एशिया र वर्ल्र्ड रेमिटबीच मलेसियाबाट रेमिट्यान्स पठाउन सकिने सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 05:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक र वर्ल्र्ड रेमिटबीच मलेसियाबाट समेत वर्ल्र्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी सम्झौता भएको छ ।

यसबाट मलेसियामा बस्दै आएका नेपालीहरूले बिना झन्झट वर्ल्र्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्ने छन् । 

यसका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ । 

एनआईसी एसिया बैंकले हाल ३५८ शाखा, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved