नयाँ बर्षमा इसेवाको ‘रेमिटोत्सव’ योजना, ५० हजार जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 02:56:54 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव “रेमिटोत्सव” योजना सार्वजनिक गरेको छ । यो योजना बैशाख १ गतेदेखि सुरु भइ साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुनेछ । 

रेमिटोत्सवमा दैनिक १ जनाले ५ हजार तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५० हजारको उपहार प्राप्त गर्नछन् । यस योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागु हुनेछ । 

जस अन्तर्गत विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन् । यो योजना क्यास, बैंक र वालेट ३ वटै माध्यममा रेमिट्यान्स पठाउनेको लागि लागु हुनेछ । त्यस्तै, विजेता स्वयम् उपस्थित हुन् नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनीत व्यक्तिले उपहार दावी गर्न सकिनेछ ।

दैनिक विजेता हरेक हप्ताको अन्त्यमा इसेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने  इसेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटि मार्फत समेत सार्वजनिक गरिनेछ ।

रेमिटोत्सव योजनाबारे इसेवा मनी ट्रान्सफरका जनरल म्यानेजर सागर खनालले भने, “इसेवा मनी ट्रान्सफरले नयाँ वर्षको अवसर पारि देश तथा विदेशमा रहेका नेपालीहरुबीच खुशी साटासाट गर्न रेमिटोत्सव लिएर आएको हो । यस योजना मार्फत, हामीले घट्दो क्रममा रहेको वैदेशिक मुद्राको भरपाई गर्न बैधानिक रुपमा रेमिट्यान्स भित्राउँदै, समग्र रेमिट्यान्स क्षेत्रमा टेवा पुर्याउने र यस माध्यमबाट देशको आर्थिक अवस्थालाई समेत सुधार उन्मुख बनाउन मद्दत पुर्याउने लक्ष्य लिएका छौँ ।’

इसेवा मनी ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १८ हजार भन्दा बढी एजेण्ट÷नेटवर्क मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त ईसेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved