२२औं वर्ष प्रवेशको अवसरमा आइएमईले ल्यायो एस २२ मोबाइल जित्ने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 08:49:27 PM मा प्रकाशित

laxmi  sunrise bank

रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औं वर्ष प्रवेशको पुर्वसन्ध्यामा देशविदेशमा रहेका सेवाग्राहीहरुलाई लक्षित गरि सेवाग्राहीमूखी "हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ " योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरुले Smart Watch र बम्परमा १ भाग्यशाली विजेताले Samsung S22 मोबाइल प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजनामा सहभागी भएका सेवाग्राहीहरु मध्य कूल २१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ ।यो योजना यहिँ जेठ १५ जेठदेखि १५ असार २०७९ ( २९ जुन देखि २९ जुलाई २०२२) सम्म जम्मा ३० दिनका लागि कायम रहनेछ । यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागु गरिने कम्पनीले जनाएको छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने आएको विश्वास व्यक्त गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved